काठमाडौं। बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ। स्वामिकात्तिक वडा नम्बर १ मा सुक्खा पहिरो खसेर कर्णाली नदी थुनिएको हो।
डिएसपी मदनदीप महराले नदी थुनिएर एक किलोमिटर ड्याम बनेको जानकारी दिए। पहिरो खस्ने क्रम आफै जारी रहेको उनले बताए। बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको उनले जानकारी दिए।