शुक्रवार, कार्तिक ७ गते २०८३

उर्लिदो सेतीले छोयो पुल, आवतजावतमा लगाइयो रोक

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। सेती नदीमा बाढीको सतह अत्यधिक बढेको छ। नदीको वहावले पुल छोयको छ।

अहिले उक्त पुलमा आवागमन रोक लगाइएको छ। अछाम र बाजुरा जोड्ने मोटरेवल पुलबाट आउ–जाउ गर्न रोक लगाइएको प्रशासनले जनाएको छ। पुलमा आवतजावत बन्द गरिएपछि तराईबाट डोटीको सदरमुकाम सिलगढीलगायत छिमेकी जिल्ला अछाम तथा बाजुरा जानका लागि आएका दर्जनौं सवारी साधन पिपल्ला बजारमा रोकिएका छन्।

डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ। सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ८।४ क्युसेक पुगेको छ। यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो।

केन्द्रका अनुसार ३।५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार