शुक्रवार, कार्तिक ७ गते २०८३

पहिरोमा परी ४ जनाको मृत्यु, दुई जना घाइते

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। लगातारको वर्षाका कारण आएको पहिरोमा परी विभिन्न ३ जिल्लामा ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको हो भने एक/एक जना घाइते भएका हुन्।

वरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ। अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो।

उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ। यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ। घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए।

च्यापिएको अवस्थामा दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सले मृत घोषणा गरेका थिए। सरिताको भने सोही अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ।

उता डोटीमा वर्षाले घर भत्किदा दुई बालकको मृत्यु भएको छ। लगातारको वर्षाका कारण घर भत्किदा जिल्लाको सायल गाउँपालिका-६ मा स्थानीय बिरबहादुर कुन्जेडाका दुई छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार घरमा च्यापिएर उनका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको हो। उनीहरुमध्ये एकजनाको शव निकालिएको छ भने अर्काको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार