शुक्रवार, कार्तिक ७ गते २०८३

डोटीमा बाढी पहिरोले ९ को ज्यान लियो, १ जना बेपत्ता

मंगलवार , कार्तिक २, २०७८

काठमाडौं। डोटीमा बाढी पहिरोले ९ जनाको ज्यान लिएको छ। लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोले डोटीका विभिन्न ठाउँमा गरी ९ जनाको मृत्यु भएको हो। एक जना बेपत्ता छन्।

जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको छ। पहिरोमा जोरायलको वडा नं ३ का ६२ वर्षीय जोगी सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सार्कीकी श्रीमतीको उपचारका क्रममा स्थानीय पोलीक्लिनिकमा मृत्यु भएको खबर दिएका छन्। त्यस्तै जोरायल गाउँपालिकाको वडा नं ४ मा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। 

सइकडा खोलामा आएको बाढीले घर भत्काउँदा ४२ वर्षीय सेरबहादुर बिक, उनको छोरा १८ वर्षीय मोहन, १३ वर्षीया पवित्रा बिक र १६ वर्षीय रबिन बिकको मृत्यु भएको जिल्ला प्रहरी डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले बताए।

सायल गाउँपालिका-६ अलेतवाडास्थित दिलबहादुर कुन्जेडाको घरमा पहिरो खस्दा उनका १४ वर्षीय छोरा सागर र १० वर्षीय आशीषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

शिखर नगरपालिका वडा नं ११ की ३५ वर्षीया मन्दरा बलायरको पहिरोबाट खसेको ढुंगा टाउकामा लागेर मृत्यु भएको छ। सायल गाउँपालिकाको वडा नं १ मा छत्रेश्वर खोलाले बगाउँदा ७४ वर्षीय वीरे रोकाया बेपत्ता भएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार