काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले चाहे देउवा सरकार एक सातामै ढल्ने दाबी गरेका छन्। ओलीले अहिलेको सरकारमा लोभीपापीमात्रै रहेको भन्दै ओलीले उनीहरूलाई बिलो लगाउनेबित्तिकै सरकार ढल्ने बताए।
उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिउँ भन्ने हो भने एक हप्तामा यो सरकार ढल्छ,’ एमालेको वागमती प्रदेश कमिटी बैठकमा उनले भने,‘यस्तै साँठगाँठ, गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं ।
लोभीपापीहरू छन्, दिए भइगो नि । ढलिहाल्छ नि । दिए सिद्धिने कुरा छ त्यहाँ ।’ आफ्नो अभिष्ट भने सरकार बनाउने नभइ देश बनाउने भएको ओलीको भनाइ छउनले तर आफुहरुले जित्नका लागी र देश बनाउनका लागी निश्चित गरेर मात्रै सरकार बनाउने दाबी गरे।