मंगलवार, आश्विन १३ गते २०८३

वडा अधिवेशन उद्घाटन गर्दै ओलीले भने, खराव तत्वहरू बाहिएपछि एमाले एकढिक्का छ

शनिवार , कार्तिक ६, २०७८

काठमाडौं। नेकपा (एमाले)को आज मुलुकभर वडास्तरका अधिवेशन शुरु भएको छ। केन्द्रीय कार्यलमा आयोजित एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभरका वडा अधिवेशन उद्घटान  गर्दै आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुने तय भएको छ।

अधिवेशन उद्घाटनपछि सम्बोधन शुरु गरेका ओलीले खराव तत्वहरू बाहिरएपछि एमाले एकढिक्का बनेको बताएका छन्। प्रचण्ड र माधव नेपालको बहिर्गमनसँगै पार्टी नयाँ ढंगले अघि बढेको उनले बताए।

देशभर एमालेको वडा अधिवेसनको भर्चुअल उद्घाटन गर्दै उनले विभाजनबाट पार्टीमा सकारात्मक प्रभाव परेको बताएका हुन्। ओलीले भने, ‘पार्टी विरोधि गतिविधि गर्ने तत्वहरुको बहिर्गमनपछि सकारात्मक कुरा भनेको अब हामी एक ढिक्का छौं। आपसी तानातान गर्ने र बाहिर पार्टीको बेइज्जति गर्ने खालको प्रवृत्ति अब छैन। यो एउटा खुशीको कुरा हो।’

हालै ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी गराएर एमालेको विधान अधिवेसन अभूतपूर्व सफलताका साथ सम्पन्न भएको ओलीले बताए। नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा नै यत्रो ठूलो सभा यति सुव्यवस्थित र उन्नत समझदारीका साथ भएको पहिलो परिघटना भएको उनले दावी गरे।

सम्वोधनमा ओलीले हालै वर्षा र बाढी–पहिरोका कारण क्षति भोगेका कृषकलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग रेका छन्। आजै ६ हजार भन्दा बढी वडामा एमालेको नयाँ नेतृत्व आउने छ।

यद्यपि, बाढीपहिरो प्रभावित जिल्लामा भने आज वडा अधिवेशन हुनेछैन। एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुनेछ। आज अधिवेशन हुन नसकेका वडाहरुको अधिवेशन चाँडै सम्पन्न नगर्न पनि ओलीले निर्देशन दिए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार