शुक्रवार, कार्तिक ७ गते २०८३

सुदूरपश्चिमका पहाडी जिल्लाका लागि हवाई भाडादर कायम, कुन गन्तव्यमा कति?

आइतवार , कार्तिक ७, २०७८

काठमाडौं। नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ। वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो।

निगमले कायम गरेको दरअनुसार धनगढीबाट डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५, धनगढीबाट बझाङ तीन हजार ९९५ र बझाङबाट धनगढी तीन हजार ८९५ रूपैयाँ रहेको छ। 

यात्रुको चाप बढेपछि धनगढीलाई आधार बनाएर पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि आजदेखि परीक्षण उडान हुने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए। उनका अनुसार आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा हुँदैछ।

धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उडानका लागि तालिका सार्वजनिक गरिसकेको जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार