काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरु आफैं आरोप प्रत्यारोप र मारामारीमा उत्रिएर दुनियाँमा नभएको जात्रा देखाइरहेको टिप्पणी गरेका छन्। सर्वोच्च अदालत गुटबन्दीबारे टिप्पणी गर्दै अदालत गुटबन्दीको अखडा भएको भन्दै यसमा टुप्पो (प्रधान न्यायाधीश)मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको बताए।
गृहजिल्ला झापामा रहेका ओलीले गौरादहमा आयोजित कार्यक्रममा ओलीले अदालत सट्टा पट्टामा चलेको र सत्ता गठबन्धनसँग मिलेमतो गर्दा न्यायको हुर्मत लिइएको बताए। ओलीले न्यायलाई सट्टा पट्टा गरेपछि अदालतको सम्मान घटेको समेत उल्ल्ेख गरे।
अध्यक्ष ओलीले भने, ‘अदालतको हुर्मत लिने काम भइरहेकोे छ।
कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन्,’ ‘कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ। हामी सबैले विश्वास गर्ने, कोही भएन भने न्याय पाउँछौँ विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैँ आरोप–प्रत्यारोप र मारामार गरेका छन्।