काठमाडौं। एमाले उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी ओलीसंग आफूलाई कार्यवाहक अध्यक्ष बनाउने सहमति नभएको स्पष्ट पारेका छन्। नेता रावलले ट्वीटरमार्फत् यस्तो स्पष्टीकरण दिएका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका आफ्ना पार्टीका सांसदहरुको हस्ताक्षर फिर्ता गराउने प्रतिबद्धता उपाध्यक्ष रावलले ओलीसँग गरेको र ओलीले रावललाई कार्यवाहक अध्यक्ष तथा दशौं महाधिवेशनमा उपाध्यक्ष पद सुनिश्चित गरिदिने आश्वासन दिएको समाचार प्रकाशित भएको थियो।
रावलले २०६६ सालमा गृहमन्त्री पाउने निश्चित भएपछि मात्रै केन्द्रीय सदस्य पदको शपथ ग्रहण गरेको भन्ने कुरा पनि झुट भएको उल्लेख गरेका छन्।