मंगलवार, आश्विन १३ गते २०८३

जसपालाई पार्टी एकताको लागी प्रचण्डले गरे प्रस्ताव 

शनिवार , कार्तिक १३, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीलाई पार्टी एकताको प्रस्ताव गरेका छन्। शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा बोल्दै जसपासंग पार्टी एकताका लागी तयार रहेको भन्दै उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन्।

कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै आफुहरु गठबन्धनमा रहेको उल्ले गर्दै पार्टी एकताको लागी पस्ताव गरे। 

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन त हामीले गरेकै छौं। अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं।’ प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार