काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयको विवादले छिट्टै निकास पाउने बताएका छन्। बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एक दुई दिनभित्र निकास ननिस्कए आफूहरु राजनीतिक निकास खोज्नेतर्फ लाग्ने बताएका हुन्।
प्रचण्ड आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका हुन्। उनले पाँच दलीय गठबन्धनले यो समस्याको निकास सर्वोच्च अदालतबाटै समाधान हुनुपर्ने निर्णय गरेकोले आफू पनि अहिले सोही पक्षमा रहेको बताए।