काठमाडौं। एमाले उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन्। रावलले आइतबार अध्यक्षमा उम्मेदवारी घोषणाका लागी राजधानीमा विशेष पत्रकार सम्मेलन गर्दै छन्।
रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको बताइएको छ। चितवनमा आगामी मंसिर १०-१२ सम्म हुने महाधिवेशनमा वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ।
एमाले संस्थापनले महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्ने कसरत गर्दै आएको छ। तर, ओलीको क्रियाकलापप्रति असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन्।