काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आज रिपोर्टस क्लव पुगेर आफू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। एमाले महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ।
रावलले पार्टीको केन्द्रिय तहमै प्यानल बनाउँदै जाँदा पार्टी फुटसम्म पुग्ने गरेको पुष्टी भएको भन्दै आफुने विनाकुनै प्यानलबाट निर्वाचनमा जाने बताएका छन्। पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासो गरे।
पार्टीले थप क्षति व्यहोर्नु नपरोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको उनको भनाइ छ।