मंगलवार, आश्विन १३ गते २०८३

सम्पादकहरुसंग ओलीले भने, अध्यक्षको उम्मेदवारीबारे निर्णय गरीसकेको छैन

मंगलवार , मंसिर ७, २०७८

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन तयारीबारे सम्पादकहरुसंग अन्तरक्रिया गरेका छन्। काठमाडौंमा मंगलबार सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिनेबारे निर्णय गरीनसकेको बताएका छन्। 

साथै उपाध्यक्ष भिम रावलप्रति नम्र देखिएका छन्। उनले रावलको उम्मेदवारीप्रति सकारात्म्क प्रतिक्रिया दिएक हुन्। भीम रावलको उम्मेदवारीबारे उनले आफूलाई चुनौति दिएको भन्न नमिल्ने तर्क गरे। ‘मलाई भीम रावलले चुनौति दिनुभएको होइन, सुझाव दिनुभएको हो। आदर, सम्मान, माया, स्नेह देखाउनुभएको छ। 

बढी खट्नुभएको छ, थकाइ लाग्या होला आराम गर्नुहुन्छ कि! म उठ्छु भन्नुभएको हो।’ ओलीले थपे, ‘उहाँको सुझाव एक खालका मानिसहरुले मन  पराउने खालका छन्, मैले विश्राम लिए हुन्थ्यो भन्ने केही पार्टी बाहिरकाको पनि छ।’

ओलीले पार्टीको दशौं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने दाबी पनि गरेका छन्। 
कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए।  

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार