काठमाडैं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि एमालेको सरकार दाबी गरेका छन्। एमालेको दसौं महाधिवेशनलाई सम्वोधन गर्दै ओलीले अउँदो चुनावपछि एमाले सरकार बन्ने पक्का रहेको भन्दै अब आउने चुनावमा ५० प्रतिशत भन्दा बढि मत ल्याएर एमाले बिजयी हुने पनि दाबी गरे।
उनले अहिले पनि जनताले एमालेलाई विश्वास गर्ने भन्दै एमालेमाथि भरोसा गरेर देशभरबाट अन्य पार्टीका नेता कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरीरहेको बताए। आजको कार्यक्रममा एमाले प्रवेश गराउन यो मन्चमा नमिलको भन्दै अब भने फागुनसम्म निरन्तर पार्टी प्रवेशको कार्यक्रम रहने बताए।