मंगलवार, आश्विन १३ गते २०८३

एमाले महाधिवेशनबारे प्रचण्डले यसो भने

शनिवार , मंसिर ११, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको महाधिवेशनबारे प्रतिक्रिया दिँदै महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन्। महाधिवेशनमा उपस्थितिलाई इंगित गर्दै महाधिवेशनलाई कुम्भ मेलामा विचारको बहस नहुने बताएका छन्।

देशभरको स्थानीय तहको सम्मेलनलाई शनिबार एकसाथ उद्घाटन गर्दै प्रचण्डले भने, ‘विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो। हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन। हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ।’ 

संघीय लोकतान्त्रिक गणतन्त्रलाई समेत खारेज गर्ने समावेशीतालाई उल्टाउने प्रयासमा समेत केपी ओली सक्रिय भएका आरोप लगाए। प्रचण्डले भने, संविधान र लोकतन्त्रमाथि ओली गुटले मात्रै होइन। देशभित्र र बाहिरका दक्षिणपन्थी शक्तिहरू लागेका थिए।

यो हमलाले माओवादीमाथि र माओवादीको एजेण्डा र नेतृत्वलाई घेराबन्दी गर्ने प्रयास भएको प्रष्ट भएको छ।’
ओलीको दुईपटक संसद् विघटन गर्ने प्रयास असफल बनाएर फेरि एकचोटि माओवादी पार्टी विजयी भएको उनको भनाइ छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार