काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा असर पर्ने गरी अस्वस्थ्य प्रतिस्पर्धा नगर्न महाधिवेशन प्रतिनिधिहरुले आह्वान गरेका छन्। दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले नेताहरुलाई हतारो नगर्न आग्रह गरे।
‘आफ्नो महत्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा र अस्वस्थ प्रतिस्पर्धाले संस्थालाई नोक्सान पार्ने गतिविधि नगरौं’ उनले भनेका छन्, ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी त सम्हाल्नैपर्छ, तर पार्टीको प्रतिष्ठा, पार्टीको एकता खदिलो हुने कुरामा असर गर्ने कुरा नगरौं ।’
उनले अघि भने, ‘फेरि पालो आउँछ । सानो देश भएपनि यत्रा पालिकाहरु छन्, प्रदेशसभाहरु छन्, प्रतिनिधिसभा छ। अरु ठाउँहरु छ। अहिले नभए फेरि आउला ।’ सिंगो देशले आफूहरुलाई हेरिरहेको भन्दै एमाले अध्यक्ष ओलीले हतारो गर्ने, लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धा मात्र बुझ्ने र प्रतिस्पर्धालाई अस्वस्थ्य बनाउने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।