काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने निर्णय नमान्ने बताएका छन्। नेकपा एमालेको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिएको छ।
शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले यो प्रस्ताव राखेकोमा अधिकांशले ताली बजाएर समर्थन गरेका छन्। उनले उक्त निर्णय नमान्ने भन्दै आफूले अध्यक्षमा उम्मेदवारी दिने बताए।
एमालेको दशौं महाधिवेशनको शनिबार सौराहामा भएको बन्दसत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार ओलीलाई दिने प्रस्ताव गरेका थिए, वन्दसत्रका अधिकांशले ताली बजाएपछि उक्त प्रस्ताव पारित भएको घोषणा गरिएको थियो। तर नेता भीम रावलले त्यसलाई नमान्ने बताएक हुन् ।