मंगलवार, आश्विन १३ गते २०८३

संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत हो : भिम रावल

आइतवार , मंसिर १२, २०७८

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी राति बैठक बोलाएकोप्रति शंका व्यक्त गरेका छन्। एमालेको जारी महाधिवेशन अन्तरगत दोस्रो दिन विहान १० बजे बोलाइएको बन्दसत्र दिनभर सुरु नभई ७ बजेपछि सुरु हुने भनि भनिएको छ। 

त्यसपछि उपाध्यक्ष रावलले दिनभर बैठक नगरी प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा सामाजिक संजालमा लेखी आपत्ति जनाएका हुन्। संस्थागत छलफल नगरी राति बैठक बोलाउनु धाँधलीको सङ्केत भएको पनि जिकिर गरेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार