मंगलवार, आश्विन १३ गते २०८३

एमाले अध्यक्षमा फराकिले मतान्तरले चुनिए केपी ओली

मंगलवार , मंसिर १४, २०७८

काठमाडौं, नेकपा एमालेको अध्यक्षका लागी भएको निर्वाचनमा केपी शर्मा ओली निर्वाचित भएका छन्। मंगलबार बिहान भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी भिम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै पार्टी अध्यक्षमा दोहोरिएका हुन्। ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

आज विहान भएको मतदानमा ओलीले १८०८ मत प्राप्त गर्दा रावलको पक्षमा जम्मा २१३ मत खसेको थियो। सर्वसम्मत प्रयास सफल नभएपछि एमालेको जारी अधिवेशनमा अध्यक्ष सहित विभिन्न पदाधिकारी र सदस्य पदहरुका लागी मतदान भएको थियो। अन्य पदहरुमा भएको मतदानको परिणाम भने आउन बाँकी छ। 

 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार