मंगलवार, आश्विन १३ गते २०८३

राप्रपाको महाधिवेशनमा पुगेर प्रचण्डले गरे ओलीको आलोचना

बुधवार , मंसिर १५, २०७८

काठमाडौं। राप्रपाको महाधिवेशन उद्घाटनमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति खनिएका छन्। ओलीको नाम नलिए पनि प्रचण्डले उनलाई झुट र जालझेलमा लिप्त रहेको आरोप लगाए। राप्रपा र आफूहरूको धेरै कुरामा विचार नमिले पनि राष्ट्रियताको विषयमा एकमत रहेको दाबी गरे। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को उद्घाटन सत्रमा पुगेप्रचण्ले सम्बोधनका क्रममामा एमाले महाधिवेशनलाई लिएर कटाक्ष गर्दै भने, ‘तपाईंहरूले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो। 
तपाईंहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो। तर, पार्टी फुटाएर तीन टुक्रा पारेर एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ।’

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार