मंगलवार, आश्विन १३ गते २०८३

एमालेको नारा अन्य पार्टीले चोरे : ओली

शुक्रवार , मंसिर २४, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुको नारा अन्य पार्टीले कपी गरेको अरोप लगाएका छन्। एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले देश र जनताको उन्नतिका लागि ल्याउने राष्ट्रिय नारा र गन्तव्यलाई अन्य दलले शब्द यताउति गरेर कपी गर्ने गरेको बताएका हुन्। 

एमालेले लिएको सम्बृद्ध नेपाल, सुखी नेपालीको नारा मुलुकेको राष्ट्रिय गन्तव्य रहेको बताए। अध्यक्ष ओलीले भने, हामीले समृद्ध नेपाल,सुखी नेपाली भन्यौं । अलि अलि शब्द यताउता पारेर सम्मानित नेपाली पो हुनुपर्छ भनेर केही अर्काथरीले पनि कपी गरेछन् ।
हिजो हामीले आफ्नो गाउँ आफैं बनाउँ भन्ने लहर चलायौं । त्यसपछि अनेक कालमा नाम परितर्वन गर्दै कपी गर्न खोजियो ।

गाउँ गाउँमा सहकारी घर घरमा भकारी यस्तै यस्तै । तर एमालेले लिने नारा भनेको राष्ट्रिय गन्तव्य हो । एमालेको सम्बृद्ध नेपाल सुखी नेपालीको नारा अपूर्ण रहेको भन्दै कांग्रेस महामन्त्रीका उम्मेदवार गगन थापाले विहिवार आफ्नो अवधारणा सार्वजनिक गर्ने क्रममा समुन्नत नेपाल,सम्मानित नेपाली हुनुपर्ने बताएका थिए। 
 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार