आइतवार, आश्विन १८ गते २०८३

कुलमानको घोषणा : उपचुनावमा उम्मेदवार बन्दिनँ, अहिले सबैलाई जोड्ने अभियानमा छु

मंगलवार , श्रावण २०, २०८२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रुपन्देहीमा हुन लागेको संसदीय उपचुनावमा आफू उम्मेदवार नहुने घोषणा गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, ‘अहिलेकै विद्यमान परिस्थितिमा एक सांसद भएर आउँंदैमा ठूलो परिवर्तन गर्न सक्छु जस्तो मलाई लाग्दैन । त्यसो भएको हुनाले रुपन्देहीमा हुन गइरहेको संसदीय उपचुनावमा उम्मेदवार हुने कुरामा मेरो कुनै रुचि छैन ।’

आफू यतिखेर देशका लागि केही गरौं भन्ने सोच भएका सबै साथीहरूलाई जोड्ने अभियानमा रहेको बताउँदै उनले यसलाई राजनीतिक रूपमा नबुझ्न र नहेर्न आह्वान गरेका छन् ।

सही मान्छे सही स्थानमा भएन भने त्यसले सकारात्मक परिणाम नआउने भएकाले ‘राइट म्यान इन राइट प्लेस’ भन्ने मुख्य उद्देश्य बोकेर आफूले उज्यालो नेपाल अभियान कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार