आइतवार, आश्विन १८ गते २०८३

भारतमा भीषण बाढीको घटनाप्रति परराष्ट्रमन्त्री राणाद्वारा दु:ख व्यक्त

बुधवार , श्रावण २१, २०८२

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कैयौको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेकी छन् ।

मन्त्री राणाले फेसबूकमा लेखेकी छन्, ‘भारतको उत्तराखण्डमा भएको अविरल वर्षापछि आएको बाढी र पहिरोको घटनाले म दु:खी भएको छु । पीडित र उनीहरूका परिवारजनप्रति मेरो समवेदना छ । उद्धार टोलीहरूलाई राहत कार्य सञ्चालन गर्न शक्ति र सफलता मिलोस् भन्ने कामना गर्दछु ।’

मंगलबार उत्तराखण्डको उत्तरकाशीमा भीषण बाढी आउँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन् ।बाढीका कारण सडक, भवन डुबानमा परेका छन् । पर्यटकीय क्षेत्रका रूपमा परिचित होटेल, रिसोर्ट र रेस्टुरेन्टमा पनि डुबानमा परेर क्षति पुगेको छ ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार