आइतवार, आश्विन १८ गते २०८३

भौतिक पूर्वाधारमन्त्रीले बजेट तथा कार्यक्रम अघि बढाउन निर्देशन दिए

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वन अघि बढाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार सडक विभागको गत आर्थिक वर्षको प्रगती समिक्षा कार्यक्रमलाई संवोधन गर्दै मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौंला नि’ भन्ने नसोचि  बजेट तथा कार्यक्रम कार्यान्वनको प्रकृया अघि बढाउन निर्देशन दिएका हुन् । आर्थिक वर्ष शुरु हुनु भन्दा डेढ महिना अघिनै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको शुरुवातसँगै कार्यान्वयन प्रकृया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम शुरु गरि उच्च नतिजा निकाल्न निर्देशन दिएका छन् ।

मन्त्री दाहालले भने, ‘आर्थिक वर्षको अन्त्य तिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ, बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरि काम गर्नुपर्छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यस मध्ये पनि सडक विभाग प्रमुख अंग रहेकाले सडक विभागको काम र परिणामले सिंगो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई रहेको छ ।

मन्त्री दाहालले थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न निर्देश दिँदै अब शुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन भनेका छन् । उनले निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने बताएका छन् ।

उनले भने, ‘छिटोको नाममा गुणस्तरहिन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।’  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार