आइतवार, आश्विन १८ गते २०८३

रास्वपाले २३ गतेका लागि बोलायो केन्द्रीय समितिको बैठक

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । प्रवक्ता मनिष झाका अनुसार बैठक बोलाउने निर्णय भएपनि एजेण्डाहरु भने तय भइसकेको छैन । केन्द्रीय समिति बैठकमा छलफलका लागि एजेन्डाहरू बुधबार साँभसम्म निश्चित हुने झाले जानकारी गराएका छन् ।

रास्वपाले मंगलबार सचिवालय बैठक बोलाएको थियो । सचिवालय बैठकमा मुख्यगरी रुपन्देही–३ को उपनिर्वाचको छलफलमा केन्द्रित रहेको नेताहरूले जानकारी गराएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार