आइतवार, आश्विन १८ गते २०८३

रुपन्देही–३ मा हुने उपचुनावका लागि रास्वपाबाट ९ जनाको आवेदन

बिहिवार , श्रावण २२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली  सार्वजनिक गरेको छ ।

रास्वपाले बिहीबार पार्टीको आधिकारिक फेसबुक पेजबाट लाइभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।

सुलव खरेल, पाछाबेन्द्र उपाध्याय, लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् । महर्जनबाहेक सबै रुपन्देहीकै हुन् । रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो ।

भोलि बिहान १० बजेदेखि पर्सि साँझ ५ बजेसम्म उम्मेदवारीमाथि दावीविरोध गर्न सकिने रास्वपा सहमहामन्त्री एवं रुपन्देही–३ का चुनावी कमाण्डर विपिन आचार्यले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार