आइतवार, आश्विन १८ गते २०८३

रविलाई एमाले नेता बस्नेतको प्रश्न : यदि तपाईँ निर्दोष हो भने यो बिगो किन तिर्ने ?

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्दोष हो भने यो बिगो किन तिर्ने भन्दै प्रश्न उठाएका छन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले बिगो बराबरकै २ करोड ७४ लाख बुझाउँदै थुना बाहिरबाट मुद्दा लड्न पाऊँ भनेसँगै बस्नेतले यो प्रश्न उठाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्दोष’ भएको दाबी गर्ने रविजीले कुल बिगो बराबरको २ करोड ७४ लाख रुपैयाँको ‘नमागिएको’ बैंक ग्यारेन्टी अदालतमा बुझाएर रिहाइको माग गरेका छन् ।’

उनले अगाडि लेखेका छन्, ‘अब यथार्थमा प्रश्न उठ्छ । यदि तपाईँ निर्दोष हो भने यो बिगो किन तिर्ने ? र यदि दोष स्वीकारेको हो भने, पीडितहरूलाई महिनौँसम्म अन्यायमा पारी सर्वोच्चसम्म पुनरावेदन र ‘प्रतिशोधको नाउँमा’ हस्ताक्षर सङ्कलनको नाटक किन रचियो ?’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार