आइतवार, आश्विन १८ गते २०८३

राष्ट्रिय सभामा जलस्रोत विधेयक–२०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा जलस्रोत विधेयक–२०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस भएको छ ।

विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गरेका हुन् । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो विधेयकमा व्यवस्था गरिएको छ ।

त्यस्तै, बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले ‘महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गरेका छन् ।

सभाध्यक्षसमेत रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराए भने विषयगत समितिमा रहने सदस्यको नाम हेरफेर तथा मनोनयन गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार