भट्टले एमालेले गणतन्त्रको गरिमा र राष्ट्रपति पदको सम्मानलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरिसकेको बताए। “राष्ट्रपतिलाई सम्मानित भएर बस्न हामीले भनिसकेका छौं,” उनले स्पष्ट पारे।
उनका अनुसार, ओलीको राजनीतिक कदम बुझ्न समय लाग्छ। “कतिबेला के कदम चाल्नुहुन्छ, तत्काल बुझ्न गाह्रो हुन्छ, तर पछि मात्र त्यसको गहिरो अर्थ थाहा हुन्छ,” उनले भने, “यो उहाँको अद्भुत क्षमता हो।”
भट्टले अहिले एमाले वैचारिक र सैद्धान्तिक दृष्टिले देशको कम्युनिस्ट आन्दोलनको केन्द्र रहेको र त्यो ओलीको नेतृत्वमै सम्भव भएको दाबी गरे। “राष्ट्रियताका लागि कोही नेतृत्व छ भने केपी ओली नै हुन्,” उनले भने।
उनले एमाले संगठनभित्र केही समस्या रहेको स्वीकार गर्दै सुधारका क्रममा नेताहरू स्वयं सच्चिनुपर्ने आवश्यकता औंल्याए।