उनले भने, “हामीले पनि नेपाललाई भरपर्दो मित्रका रूपमा व्यवहार गर्दै आएका छौं।” राजदूत आरीबासका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, श्रम र सूचना प्रविधि जस्ता क्षेत्रमा इजरायलले नेपाललाई निरन्तर सहयोग गर्दै आएको छ र भविष्यमा पनि यसलाई अझ विस्तार गर्ने योजना छ। उनले निकट भविष्यमै एक हजार नेपाली श्रमिक इजरायल जाने तयारीमा रहेको जानकारी पनि दिए।
उनका अनुसार दुवै मुलुकका सरकारी अधिकारी नेपाली श्रमिक पठाउने प्रक्रिया अन्तिम चरणमा रहेका छन्।