आइतवार, आश्विन १८ गते २०८३

मदन भण्डारी फाउन्डेसनप्रति प्रधानमन्त्री ओली भन्छन्– त्यो ठगीखाने भाँडो बनेको छ

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन ठगीखाने भाँडो बनेको आरोप लगाएका छन् ।

सोमबार च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ खुवाउँदै यसबारे प्रश्न उठाएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘त्यो त्यतिकै व्यक्तिगत बनाएको छ, व्यक्तिको हो कि परिवारको हो जस्तो, श्रीमान, श्रीमतिको हो कि आन्दोलनको निम्ति काम गर्छ कि ? के हो त्यो ठगीखाने भाँडो बनेको छ । त्यो पार्टीका नाममा बनाइएको संस्था हो ।’

हाल मदन भण्डारी फाउन्डेसनको अध्यक्ष पूर्वराष्ट्रपति विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारी रहेकी छिन् । उनले संस्थाहरू सबै पार्टीप्रति निष्ठावान हुनुपर्ने भन्दै संस्थालाई व्यक्तिगत जस्तो बनाउनु उचित नभएको समेत उल्लेख गरेका छन् । उनले भने, ‘यस्तो खालको हुनुहुँदैन, सबै संस्थाहरू पार्टीप्रति, आन्दोलनप्रति निष्ठावान हुनुपर्दछ, आफ्नो व्यक्तिगत संस्थाका रुपमा प्रयोग गर्ने अनि त्यसलाई आन्दोलनको अहित हुनेगरी प्रयोग गर्ने कुराहरु उचित होइनन् ।’

प्रधानमन्त्री ओलीले भने, ‘आन्दोलनको विपरित हुनेगरी प्रयोग गर्ने कुरा उचित होइन ।’ उनले फाउन्डेसनका पदाधिकारीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् । उनले भने, ‘त्यो आगामी दिनमा के हुन्छ, त्यो हुनपर्ने अवस्था चाहिँ बनेको छ, कसरी जान्छ त्यो भन्ने कुरा हेर्नुपर्ने अवस्था बनेको छ ।’

प्रधानमन्त्री ओलीले थपे, ‘त्यसका पदाधिकारीका अधिव्यक्ति, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा कसरी जाने हो भन्ने त्यो अन्योल छ ।’ 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार