आइतवार, आश्विन १८ गते २०८३

चार न्यायाधीशविरुद्ध कानुन व्यवसायी धामीले दिए उजुरी

सोमवार , श्रावण २६, २०८२

काठमाडौँ । ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनका गरी चार न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । 

अधिवक्ता प्रेम सिंह धामीले ललितपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश पुष्पराज कोइराला, उच्च अदालत पाटनका न्यायाधीशहरु कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टीकाराम आचार्यविरुद्ध बर्खास्तीको माग गर्दै निवेदन दिएका हुन् । 

कानुन व्यवसायी समेत रहेका धामीले न्यायाधीश कोइरालाले आर्थिक लेनदेन गरी आफूसमेत अर्का एक व्यक्तिको चेक अनादर मुद्दामा एकतर्फी फैसला गरेको आरोप लगाएका छन् । कानुन अनुसार दुई वर्ष कैद सजाय तोकिसकेको र जरिवाना रकम तिर्नु नपर्ने भएपनि फैसलामा रकम उल्लेख गरेको धामीको दाबी छ ।  उजुरीमा उनले चारै जना न्यायाधीशलाई बर्खास्तीको माग गरेका छन् ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार