काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बहादुरसिंह लामा समूहले विश्वासको मत दिने भएको छ ।
केहीबेरअघि बसेको संसदीय दलको बैठकमा यसबारे सहमति जुटेको हो । लामाले आफ्ना समूहका २ सांसदलाई मन्त्री बनाउनुपर्ने शर्त राखेका थिए । विश्वासको मत लिइसकेपछि उक्त शर्त कार्यान्वयन गर्ने प्रतिवद्धता बानियाँले गरेपछि लामा समूह विश्वासको मत दिन तयार भएको हो ।
बागमतीमा कांग्रेसका ३७ प्रदेशसभा सदस्य रहेका छन् । त्यस्तै एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, नेकपा एकीकृत समाजावादी ७, नेपालमजदुर किसान पार्टी ३, हाम्रो नेपाली पार्टी २ प्रदेशसभा सदस्य छन् ।
विश्वासको मत लिन ५६ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।