सोमवार, श्रावण २५ गते २०८३

हेटौँडास्थित चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । मकवानपुर र बाराको सिमानामा पर्ने हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

मंगलबार दिउँसो २ः५० बजेको समयमा नं. २ राजदल गण तनहुँबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको सैनिक टोलीको ट्रक दुर्घटना भएको हो । सँगै जाँदै गरेका चारवटा ट्रकमध्ये लु ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ट्रकमा २२ जना सेना सवार थिए ।

सडक सिमानामा रहेको पुलबाट करिब १०/१२ फिट तल खोल्सामा खस्दा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अरु सामान्य घाइते भएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक अर्यालको कमाण्डमा टोली खटिएको थियो ।

नेपाली सेनाकै सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार