सोमवार, श्रावण २५ गते २०८३

आज काठमाडौँसहित ३४ जिल्ला र आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम

बुधवार , आश्विन १, २०८२

काठमाडौँ । आज पनि देशका विभिन्न स्थानमा बाढीको जोखिम देखिएको छ। 

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदी तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तल छ तर बढ्ने सम्भावना छ।

साथै आज दोलखा, सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, डोटी, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना छ।

त्यसैगरी आज इलाम, झापा, मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, चितवन, कास्की, तनहुँ, स्याङजा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, अर्घाखाँची, बाँके, बर्दिया, दाङ, सुर्खेत, दैलेख, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले उल्लेख गरेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार