काठमाडौं । जेनजी आन्दोलनका घाइेतहरू प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेका छन् ।
यसअघि दक्षिण गेटबाट सिंहदरबार छिर्न खोजेका उनीहरुलाई प्रहरीले रोकेपछि गेटमा धर्ना दिएका थिए । उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए ।
सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् । त्यसपछि प्रहरीले नै उनीहरुलाई गाडीमा हालेर प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयमा पुर्याएको हो ।