सोमवार, श्रावण २५ गते २०८३

जेनजी आन्दोलनका घाइतेहरू मन्त्री कुर्दै बसे गृह मन्त्रालयमा

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका घाइतेहरूले सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र प्रवेश गराएको छ ।

आइतबार सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई प्रहरीको गाडीबाट गृहमन्त्रालयमा पुर्‍याइएको थियो । तर गृहमन्त्री बाहिर भएकाले जेनजीका घाइतेहरू मन्त्री कुर्दै बसेका छन् ।

यसअघि उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार