सोमवार, श्रावण २५ गते २०८३

नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले गरे श्रीमतीको हत्या

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । नख्खु कारागारबाट भागेका कैदी सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेका छन् ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५–३६ का तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । तामाङ जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए ।

इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन् ।

हत्यापछि तामाङ फरार छन् । प्रहरी घटनास्थल पुगेपछी थप जानकारी हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार