सोमवार, श्रावण २५ गते २०८३

दशैँमा घर जानेहरको लर्को, ३ दिनमा १ लाख ३८ हजारले काठमाडौं छाडे

बिहिवार , आश्विन ९, २०८२

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छोड्नेहरूको संख्या बढ्दै गएको छ ।  स्कूल, कलेजहरूमा बिदा सुरु भए पछि काठमाडौंको गोंगबु बसपार्कमा बिहानैदेखि काठमाडौं छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले घटस्थापनाको दिनदेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडेको जानकारी दिए ।

त्यस्तै यसवर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुल्ला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । जसका कारण टिकट लिनेहरूको समेत गोंगबु बस पार्कमा भीड लागेको छ ।

हाल गोंगबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलंकी लगायत विभिन्न चोकहरूमा उपत्यका छोड्नेहरूको भीड लाग्ने गरेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार