सोमवार, श्रावण २५ गते २०८३

जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित आयोगले आज काम थाल्ने

बिहिवार , आश्विन ९, २०८२

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिसम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आज काम सुरु गर्ने भएको छ। 

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोगका पदाधिकारीले बुधबार शपथ खाएका थिए। विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोगले अब आजदेखि छानबिन प्रक्रिया अघि बढाउने भएको हो। 

पाँच कार्यादेश पाएको आयोगले कार्य प्रारम्भ गरेको मितिले तीन महिनाभित्र रायसहितको प्रतिवेदन नेपाल सरकार समक्ष पेस गर्नुपर्नेछ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार