प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौँ उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । उपत्यकामा प्रहरीले बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा प्रहरी कर्मचारीले करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेको भेटिएको छ । मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस प्रहार गरिएको आन्तरिक रिपोर्टमा उल्लेख छ ।