सोमवार, श्रावण २५ गते २०८३

महोत्तरीबाट काठमाडौँका लागि छुटेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २० जना घाइते मध्ये ४ जनाको अवस्था गम्भिर 

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । महोत्तरीबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  । दुर्घटनामा परि २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । काठमाडौं–खैरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस आज बिहान काठमाडौंतर्फ जान लागेको बेलामा दुर्घटना भएको हो ।

दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । सडकमा पल्टिएको बसमा एकजना च्यापिएका छन् ।

प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ । दुर्घटनाको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार