सोमवार, श्रावण २५ गते २०८३

देशका अधिकांश स्थानमा वर्षा जारी, दिउँसो र राति अझ बढ्ने चेतावनी

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यतिबेला सुदूरपश्चिम र कर्णालीबाहेक बाँकी सबै प्रदेशमा पानी परिरहेको हो। कोसीका एक दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी धेरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसम महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो  कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

त्यस्तै आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाड र तराई भूभागका अधिकांश स्थान, लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। सरकारले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार