सोमवार, श्रावण २५ गते २०८३

आज राति १० देखि २ बजेसम्म अतिभारी वर्षात् हुने, ४ जलाधार क्षेत्रका नदीको वहाव उच्च हुने पूर्वानुमान

शनिवार , आश्विन १८, २०८२

काठमाडौँ । आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका छन्। 

‘नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको अवस्था छ। यसले विशेष गरेर आज बेलुका ७–८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना छ’, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा उनले भने, ‘त्यसकारण सबैलाई सचेत रहन बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन अनुरोध छ।’ 

२४ घण्टामा २०० एमएल पानी पर्ने सम्भावना रहेको उनले बताए।  विभागका अनुसार खासगरी बागमती र पूर्वी राप्ती नदीको वहाव उल्लेख्य बढ्ने देखिएको छ। यी दुईमा रेड अलर्ट नै जारी गरिएको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार