शुक्रवार, कार्तिक ७ गते २०८३

जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

सोमवार , आश्विन २५, २०७८

काठमाडौं। अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा गएराति दुर्घटनामा भएको हो। दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका-३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपाली रहेको सुदूूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। 

उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगञ्ज रेफर गरिएको छ।

उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार