शुक्रवार, कार्तिक ७ गते २०८३

बैतडीमा घट्यो अप्रिय घटना, बेहुली लिएर फर्केको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

आइतवार , मंसिर ५, २०७८

काठमाडौं। बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट बेहुली लिएर वडा नम्बर ६ को सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी-झुलाघाट सडक खण्ड अन्तर्गत कलुवाड मोडमा दुर्घटनामा परेको हो।

जिपमा ७ जना सवार रहेकोमा ५ जनाको घटनास्थलमै मृत्यु भएको र २ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। जिप सडकबाट ५ सय मिटर तल खसेको बताइएको छ। करिब साढे आठ बजेतिर दुर्घटना भएको  प्रहरीले जनाएको छ। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार