शुक्रवार, आश्विन ३० गते २०८३

बझाङ भूकम्पले केही घर र सार्वजनिक भवनमा क्षति

मंगलवार , आश्विन १६, २०८०

काठमाण्डु - बझाङ जिल्लाका विभिन्न क्षेत्रलाई केन्द्रविन्दु बनाएर २ पटक आएको भूकम्पको धक्काले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार केही व्यक्तिगत र सार्वजनिक भवनमा क्षति पुगेको विवरण प्राप्त भइरहेको जनाएको छ ।

भूकम्पले जयपृथ्वी राजमार्गमा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालयकै पर्खाल समेत भत्किएको छ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर दिउँसो ३ः०६ बजे ६.३ म्याग्निच्युड र दिउँसो २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार